← समाचारमा फर्कनुस्
Football Sep 08, 2025 · Swadesh

टर्की गएर स्पेनले गर्‍यो छ गोल

टर्की गएर स्पेनले गर्‍यो छ गोल

मिखेल मेरिनोको ह्याट्रिक गरेपछि स्पेनले टर्कीलाई उसकै भूमिमा आइतबार ६–० ले पराजित गरेको छ । युरोपेली विश्वकप छनोटको समूह ‘ई’ को खेलमा मेरिनोले २२ मिनेटमा पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा दोस्रो गोल थपे ।


खेलको ५७ औं मिनेटमा ह्याट्रिक पूरा भएको हो । त्यस बाहेक पेड्रिले छ र ६२ औं मिनेटमा दुई गोल गरे भने एक गोल फेरान टोरेसले गरे । टोरेसको गोल भने ५३ औं मिनेटमा सम्भव भएको थियो । छनोटको समूह ‘जे’ मा बेल्जियमले पनि काजाकिस्तानलाई ६–० ले हरायो ।


पहिलो खेल गुमाएर स्तब्ध जर्मनीले भने समूह ‘ए’ मा उत्तरी आयरल्यान्डलाई ३–१ ले हरायो । यो समूहमा दुई खेलबाट दुई जित निकाल्दै स्लोभाकिया पहिलो स्थानमा छ । उसले अर्को खेलमा लक्जेम्बर्गलाई १–० ले पराजित गर्‍यो । जर्मनीलाई स्लोभाकियाले नै हराएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →