एसियाडका लागि पौडीका ४ खेलाडी छनोट

चीनको ग्वाङझाउमा आयोजना हुने १९औं एसियन गेम्सका लागि नेपाल पौडी संघले चार खेलाडी छनौट गरेको छ।
११औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी १९औं एसियन गेम्सका लागि छानिएको हो।
छनोट हुने खेलाडीहरुमा पुरुष तर्फ एलेक्जेन्डर गादेगार्ड शाह र नासिर याह्या हुसेन तथा महिलातर्फ गौरिका सिंह र डुवाना लामा रहेका छन्। एलेक्सले ६९२ फिना अंक प्राप्त गरेका थिए । यस्तै नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गरेका थिए।
वैकल्पिक खेलाडीमा पुरुष तर्फ विकास कुमाल र महिला तर्फ अनुशिया तण्डुकार रहेका छन्। कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गरेका थिए।
यी चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुन गईरहेको पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगिता समेत रहेको वर्ल्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |