← समाचारमा फर्कनुस्
Volleyball Jun 29, 2024 · Swadesh

लुम्बिनीलाई हराउँदै गण्डकी च्याम्पियन

लुम्बिनीलाई हराउँदै गण्डकी च्याम्पियन

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि गण्डकी प्रदेशले जितेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो।

गण्डकीले पहिलो २५-१५ ले आफ्नो पक्षमा पर्दा दोस्रो सेट २०-२५ ले गुमाएको थियो। त्यसपछि बाँकी दुई सेट २५-२० र २५-२० ले आफ्नो पक्षमा पर्दै च्याम्पियन बनेको हो। 

उपाधिसँगै गण्डकीले नगद तीन लाख प्राप्त गरेको छ। पराजित लुम्बिनीले भने दुई लाखमा चित्त बुझायो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →