← समाचारमा फर्कनुस्
Other Sports May 02, 2025 · Swadesh

राष्ट्रिय हक्की : गण्डकीको दोस्रो जित

राष्ट्रिय हक्की : गण्डकीको दोस्रो जित

काठमाडौं। गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ।

ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्पmको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले पराजित ग¥यो। गण्डकीको जितमा मयुरी राईले दुई गोल गरिन्। उनी प्लेअर अफ दी म्याच पनि भइन्। मधेशकी गीताकुमारी म्रिङचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन्।

राउन्ड रोविन लिगको आधारमा भैरहेको महिलाको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो। महिलामा गण्डकीसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोली सहभागी छन्। लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

बिहीबार पहिलो खेलमा गण्डकीले बागमती प्रदेशलाई २–१ गोलले हराएको थियो। मधेसको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ। मधेसले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो।

पुरुषतर्फ आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन्। नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०–१ को सहज रच्यो। आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक पूरा गरे। ‘प्लेयर अफ द म्याच’ राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान एक गोल गरे। आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना ग¥यो। आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो। मधेस भने कोसीसँग चुकेको थियो। पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ। 

समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन्। पुरुषकै समूह ‘बी’ को खेलमा कर्णालीले बागमती प्रदेशलाई २–१ ले हरायो। कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे। कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए। बागमतीका समीर घिमिरेले एक गोल गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →