← समाचारमा फर्कनुस्
Volleyball Sep 28, 2024 · Swadesh

गण्डकीका दुई विदेशी खेलाडी काठमाडौं आइपुगे

गण्डकीका दुई विदेशी खेलाडी काठमाडौं आइपुगे

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)को फ्रेन्चाइज टोली गण्डकी थन्डर्सका दुई विदेशी खेलाडी नेपाल आइपुगेका छन्। 

शुक्रबार राती भारतीय खेलाडी शिल्पा शिन्धु र रसियन खेलाडी एलिसा रुबियक नेपाल आइपुगेका हुन्। 

दुबै जनालाई गण्डकीका प्रवन्धक विकास खेतानले स्वागत गरे। गण्डकीका अन्य खेलाडी पनि आज र भोलिमा पुग्ने प्रवन्धक खेतानले बताए। शिल्पाले केही समयअघि नेपालमै सम्पन्न काभा वुमन्स भलिबल नेसन्स लिगमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्। 

यता एसिसाको रसिया र क्यानडाको घरेलु लिग खेलेको अनुभव रहेको छ। 

नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी सरस्वती चौधरी मार्की प्लेयर रहेको गण्डकीले रुपेशकुमार बिष्टलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ।

प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।

गण्डकी थन्डर्सको टोली

सुरस्वती चौधरी, प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक, शिल्पा सिन्धु, एकातोरिना जुभ्यागिन्त्सेभा, जुही शा र सोइङ्ग थापा

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →