← समाचारमा फर्कनुस्
Volleyball Sep 03, 2024 · Swadesh

गण्डकी थन्डर्सको लोगो सार्वजनिक

गण्डकी थन्डर्सको लोगो सार्वजनिक

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइजी टिम गण्डकी थन्डर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ।

गण्डकीले सोमबार आफ्नो सामाजिक संजाल मार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो। गण्डकीले छिटै आफ्नो विदेशी खेलाडी पनि सार्वजनिक गर्ने टिमका निर्देशक विकास खेतानले जानकारी दिए।

इडब्लुभिएल आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले नेपाली खेलाडीहरुको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ।

गण्डकीमा राष्ट्रिय टिमका खेलाडी कविता भट्ट र प्रगति नाथ रहेकी छन्। त्यस्तै राष्ट्रिय टिमबाट खेलिसकेकी लक्ष्मी चन्द र रिमा कुवर छन्  टिममा आरती चौधरी श्नेहा ठगुन्ना र सरस्वती जैशी रहेका छन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →