← समाचारमा फर्कनुस्
Volleyball Jun 29, 2024 · Swadesh

कोशीलाई हराउँदै गण्डकी तेस्रो

कोशीलाई हराउँदै गण्डकी तेस्रो

काठमाडौं । गण्डकी प्रदेशले सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१६, दोस्रो १५-२२ ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट २०-२५ ले गुमायो। त्यसपछिको सेट २५-१६ ले आफ्नो पक्षमा पार्दै गण्डकीले तेस्रो स्थान हासिल गर्यो।

सेमिफाइनलमम गण्डकी लुम्बिनी प्रदेश तथा कोशी बागमती प्रदेश पराजित हुँदै तेस्रो स्थानमा भेट गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →