← समाचारमा फर्कनुस्
Volleyball Sep 20, 2024 · Swadesh

गण्डकी थण्डर्सले असोज ९ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने

गण्डकी थण्डर्सले असोज ९ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने

काठमाडौं । फ्रेन्चाइज टोली गण्डकी थण्डर्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ। 

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)को लागि गण्डकीले असोज ९ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको हो। 

कार्यक्रम बिहान ८ः३० मा पोखरा स्टेडियममा हुने छ। जसमा गण्डकीका ट्यालेन्टहरुले सहभागिता जनाउन पाउनेछन्। 

टोलीका मुख्य प्रशिक्षक रुपेश विष्ट र टिमकी मार्की खेलाडी सरस्वती चौधरी सहित टिमको म्यानेजमेन्ट समूहले पोखरमा एक खेलाडीको छनोट गर्नेछ। 

‘ट्यालेन्ट हन्ट’ मा हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागि नभएका खेलाडीले सहभागिता जनाउन पाउनेछन्। इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक फ्रेन्चाइजी लिगको आयोजना गरेको हो। महिला भलिबलको इतिहासमा नेपालमा पहिलो पटक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट हुने भएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →