← समाचारमा फर्कनुस्
Volleyball Sep 26, 2024 · Swadesh

गण्डकीको ट्यालेन्ट हन्टबाट सोइङ्ग थापा छनोट

गण्डकीको ट्यालेन्ट हन्टबाट सोइङ्ग थापा छनोट

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि गण्डकी थण्डर्सले बुधबार ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न गरेको छ। भलिबलको सुन्दर नगरी पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजित ट्यालेन्ट हन्टबाट सोइङ थापा विजेता बनेकी हुन्।

नेपाली भलिबलमा पछिल्लो समय चर्चामा रहेको गण्डकीमा ३० जना खेलाडी उक्त कार्यक्रममा सहभागि भएका थिए। जसमा उनले आफ्नो स्थान बनाएकी हुन्। १७ वर्षकी थापा हाल पोखरामा बस्दै आएकी छन्। ५ फिट ८ इन्च हाइट भएकी उनी स्याङ्झा काली गण्डकीकी हुन्। थापालाई गण्डकी थण्डर्सको म्यानेजमेन्ट टिम गण्डकीका प्रवन्धक विकास खेतानको नेतृत्वमा रहेको म्यानेजमेन्ट टिमले छनोट गरेको हो।

छनोट कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, राखेपका सदस्य मधुसुदन सुवेदी, परिषदकी सदस्य शुभकन्या गुरुङ, केशव पाठक, नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ, नेपाल भलिबल संघका पूर्व सचिब डिवी नेपाली सहितको उपस्थिती रहेको थियो।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइजी लिगमा हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम रहेको थियो। सोही नियम अनुसार उनलाई छनोट गरिएको हो। एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ।

गण्डकी थन्डर्सको टोली

सुरस्वती चौधरी, प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक, शिल्पा सिन्धु, एकातोरिना जुभ्यागिन्त्सेभा, जुही शा

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →