TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Martial Arts Oct 25, 2025 · Swadesh

गण्डकीकी सुस्मीताले भारतकी स्टार फाइटर सोनमसँग भिड्दै

गण्डकीकी सुस्मीताले भारतकी स्टार फाइटर सोनमसँग भिड्दै

काठमाडौं। तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन्। नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन्। 


सुस्मिताको लागि यो फाइन करियरकै ठूलो फाइटको रुपमा रहेको छ। भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन्। 


यी दुई बिच प्रतिस्पर्धा हुने हालैमात्र घोषणा भएको हो सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए। क्षेत्रीका अनुसार सुस्मिताको लागि यो अवसर र चुनौति हो। सुस्मिता यतिबेला रिब्समा लागेको चोटका कारण अनफिट रहेपनि ठूलो स्पर्धा भएकाले खेल्न राजी भएकी हुन्। 


२१ वर्षिय सुस्मिता मुवाथाईमा अहिलेसम्म अपराजित खेलाडी हुन्। तर, किकबक्सिङमा उनको रेकर्ड १–१ रहेको छ। फाइटिङ करियर सुरु भएको जम्मा एक वर्षमै, उनले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा मुख्य इभेन्ट फाइट पाउने सफलता हासिल गर्नु सामान्य कुरा नभएको प्रशिक्षक क्षेत्रीले सुनाए। 

उता भारतकी २७ वर्षर्षीय सोनमको प्रोफेशनल फाइटिङ रेकर्ड ७–१ रहेको छ। एमएफएनको शीर्ष फाइटरमध्ये एक हुन्।


अनुभव, शक्ति र स्थानीय समर्थन यी सबै उनका पक्षमा छन्। ‘यो भिडन्त दुई फरक शैली र पृष्ठभूमिका फाइटरबीचको टक्कर हुनेछ विश्वास लिएको छु। हामी सीमापारी गएर आफ्नो देशको झण्डा उच्च पार्ने दृढ निश्चयका साथ रिङमा उत्रदै छौं’, क्षेत्रीले भने, ‘यो सुस्मिताका लागि अवसर हो। अहिले केहि समस्या छ तरपनि फाइटका लागि तयार भएका छौं। यो अवसर खेर जान नदिने सोँचमा हामी अघि बढ्ने छौं।’

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →