← समाचारमा फर्कनुस्
गण्डकीलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । लुम्बिनी प्रदेश प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न महिलातर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई लुम्बिनीले ३-० को सेटमा पराजित गरेको हो।
लुम्बिनीले २७-२५, २५-१२ र २५-२० को सेटमा सहज जित हासिल गर्यो।
जितसँगै लुम्बिनी उपाधि नजिक पुगेकाे छ। लुम्बिनीले समूह चरणको सबै खेल जितेको थियो। लुम्बिनी समूह ए मा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो भने गण्डकी समूह बी बाट उपविजेता रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
लुम्बिनी उपाधिका लागि बागमती र कोशीबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ भने गण्डकीले तेस्रो स्थानको लागि दोस्रो खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |