एनभिए भलिबल लिग : गण्डकी र आर्मी विजयी

काठमाडौं । त्रिभुवन आर्मी क्लब र बूढानीलकण्ठ भलिबल क्लब आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विजयी भएका छन्।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा गण्डकीले गण्डकी प्रदेश भलिबल एसोसिएसनले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–१४ ले जितेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाएको थियो। तर, तेस्रो सेट २५–१८ ल जित्दै गण्डकीले खेलमा पुनरागमन गर्यो।प्रतिस्पर्धात्मक चौथो सेटमा बूढानीलकण्ठले कडा टक्कर दिएपनि गण्डकीले २५–२२ ले खेल आफ्नो पक्षमा पार्यो।
यस्तै दिनको तेस्रो खेलमा आर्मी सुदूरपश्चिम प्रदेश भलिबल एसोसिएसनलाई ३० को सोझो सेटमा पराजित गरेको छ।
पहिलो सेट २५-२२ ले जितेको आर्मीले दोस्रो सेट २५-१५ र तेस्रो सेटे २५-२२ ले जितेको हो। यो सँगै आर्मीले आफ्नो विजयी यात्रा कायम राखेको छ। आर्मीले जारी प्रतियोगितामा सबै ४ खेल जितेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |