गण्डकी र एपिएफ ढोरपाटन भलिबलको फाइनलमा

काठमाडौं । गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गण्डकीले पुलिसलाई तथा एपिएफले आर्मीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । गण्डकीले पुलिसलाई २५–२१, २५–१५, २२–२५, २०–२५ र १५–९ ले पराजित गर्यो ।
मंगलबारै भएको पहिलो सेमिफाइनलमा एपिएफले आर्मीमाथि १८–२५, २५–२२, २५–२२ र २५–२१ को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । फाइनल र तेस्रो स्थानको लागि बुधबार प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपको विजेताले २ लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्नेछ । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षक प्रशिक्षण गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |