← समाचारमा फर्कनुस्
फुलहमलाई हराएर चेल्सी शीर्षमा

चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार फुलहमलाई २–० ले पराजित गरेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेल जितेर चेल्सी कम्तीमा एक दिनका लागि लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
नयाँ सिजन लिगमा अपराजित रहेर चेल्सीले राम्रो सुरुआत पनि लिएको छ । लन्डन डर्बीमा प्राप्त जितपछि चेल्सीको तीन खेलबाट सात अंक भएको छ । फुलहम भने तीनै खेलबाट दुई अंकमा सीमित रह्यो ।
जाओ पेड्रो पहिलो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि इन्जो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै चेल्सीका आरामदायी जित दिलाए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |