← समाचारमा फर्कनुस्
Martial Arts Jul 27, 2025 · Swadesh

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

काठमाडौं, साउन ११– नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चार दिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ ।

विश्व फ्रिस्ट्याल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमीनार गर्न लागेको हो । उक्त कार्यक्रम आगामी साउन १७ देखि २० गतेसम्म काठमाडौंको जडिबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने आयोजक एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिइन् । फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलको रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने अपेक्षा राख्दै सेमिनार आयोजना गरिएको आयोजक एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले जानकारी दिए ।

यस सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत रहेकी बिन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताइन् । मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उनको विश्वास छ । एसोसिएसनको मिहिनेत र टिम स्पिरिटले गर्दा यस खेल विकास भइरहेको र अझ उचाइमा पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको विन्दाले बताइन् ।

एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठ, कोषाध्यक्ष सुमन नेपाल, प्रमुख प्रशिक्षक रमेश नेपाली, उपाध्यक्ष राजकुमार ठकुरी र वरिष्ठ सल्लाहकार आकाश धितालको नेतृत्वमा बृहत मात्रामा तयारी पूरा गरिएको महासचिव बिन्दाले जानकारी दिइन् । यो सेमिनार उपलब्धिमूलक र प्रभाकारी हुने अपेक्षा रहेको एसोसिएसनले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →