← समाचारमा फर्कनुस्
Volleyball Jul 05, 2024 · Swadesh

इन्फिनिटी ड्रिम्स प्रालिले एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग गर्ने

इन्फिनिटी ड्रिम्स प्रालिले एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग गर्ने

काठमाडौं । इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग सञ्चालन गर्ने नेपाल भलिबल संघले आधिकारिक रूपमा स्वीकृति दिएको छ। 

शुक्रबार राजधानीमा पत्रकारको सम्मेलन गर्दै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले इनफिनिटी ड्रिम्स प्रालिसँग ७ वर्षको लागि एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न अनुमति दिएको बताएका छन्। 

इनफिनिटी ड्रिम्स प्रालिले होम र अवे सिद्धान्तको अवधारणा अनुसार देशभर यो लिग आयोजना गर्न अधिकार पाएको हो।

यस लिगको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा भलिबलको स्तर विकास गर्नु र भलिबलमा व्यवसायिकता ल्याउनु साथै नेपालको खेलकुद पर्यटनमा पनि टेवा पुर्याउनु रहेकोजनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →