← समाचारमा फर्कनुस्
इराकलाई हराएर फ्रान्स अन्तिम ३२ मा

फ्रान्सले विश्वकप २०२६ मा मंगलबार इराकलाई सजिलै ३–० ले हराएको छ र समूह आई बाट अन्तिम ३२ को चरणमा पुगेको छ । लगातार दुई जितपछि फ्रान्सको छ अंक भएको छ र समूहको शीर्ष स्थानमा रह्यो ।
फ्रान्सको जितमा केयलिन एमबापेले दुई गोल गरे । उनले १४ औं मिनेटमा पहिलो गोल गरेपछि ५४ औं मिनेटमा दोस्रो गोल थपे । फ्रान्सका लागि आफ्नो सयौ खेल खेल्ने क्रममा एमबापले यो उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
विश्वकपमा एमबापेको यो १६ गोल हो र यससँगै उनले मिरोस्लाभ क्लोजको नाममा रहेको कीर्तिमानी गोल संख्याको बराबरी गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी भने दुई गोल बढी गरेर अगाडि छन् ।
ओसमन डेम्बेलेले ६६ औं मिनेटमा तेस्रो गोल थपे । खराव मौसमका कारण खेल साढे दुई घण्टा रोकिएर फेरि सुरु भएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women