TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Jan 12, 2026 · Swadesh

चौथो टिवाइसि र्‍यापिड चेस रिशोन थापाले जिते

चौथो टिवाइसि र्‍यापिड चेस रिशोन थापाले जिते

२७ पुष, काठमाडौं । 

चौथो टोखा युथ क्लब ओपन फिडे र्‍यापिड २ हजार रेटिङ मुनिको चेस प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ। नौ चरण सम्म चलेको प्रतियोगितामा देशभरका प्रतिभाशाली १ सय २२ जना खेलाडीहरूको सहभागिता रहेको थियो।


टोखा युथ क्लबको आयोजनामा दुई दिन सञ्चालन भएको प्रतियोगिताको अन्तिम नतिजा अनुसार पाँचथरका रिशोन थापा ८.५ अंक सहित प्रथम स्थान हासिल गर्दै च्याम्पियन बने।


अपराजित १९५५ रेटेड रिशोनले प्रभावशाली खेल प्रदर्शन गरि नगद १५ हजार पुरस्कार तथा आकर्षक ट्रफी, मेडल प्राप्त गरेका छन्।


बाँकेका १९२८ रेटेड खेलाडी अभिक शाह ७.५ अंक सहित दोस्रो बन्न सफल भए। तिन खेलाडीले समान अंक जोडे पनि एआइएम अभिक शाह प्रोग्रेसिभ ५३ प्वाइन्ट ५ का आधारमा दोस्रो स्थानमा रहँदै नगद पुरस्कार १० हजार हात पार्न सफल बनेका छन्।


ललितपुरका १९११ रेटेड खेलाडी राजन पुरी ७.५ अंक जोडेर प्रोग्रेसिभ ४९ प्वाइन्ट ५ का आधारमा तेस्रो स्थानमा रहे। राजन पुरीले ६ हजार रुपैयाँ नगद पुरस्कार पाए।


कान्तिपुर चेस क्लबका १८६४ रेटेड दिपक महर्जनले ७.५ अंक प्रोग्रेसिभ ४८ प्वाइन्ट हासिल गर्दै चौथो स्थानमा उभिन पुगे। उनले नगद ४ हजार पुरस्कार प्राप्त गरेका छन्।


समान ७ अंक जोडेर स्याङ्जाका १८४० रेटेड सुशील सुबेदी पाँचौं, खोटाङका १९९६ रेटेड धिरेन राई छैंटौं, काठमाडौँका १९४१ रेटेड सिएमए भगवतीप्रसाद शर्मा सातौ, दोलखाका १८१० रेटेड राजीव कार्की आठौं, बनेपाका १९९६ रेटेड शैलेन्द्र न्यौपाने नवौं स्थानमा तथा ६.५ अंक जोडेर काठमाडौंका १८४० रेटेड हेमराज भण्डारी दशौं बन्दै नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।


विधागत तर्फ उत्कृष्ट टोखा नगरपालिका स्थानीय जितेन्द्र डाँगी, बेस्ट टोखा युवा १६ वर्ष छात्र सुलभ पन्थी, छात्रा परीक्षा बोलाखे, बेस्ट अनरेटेड चितवनका सत्याम शर्मा, बेस्ट सिनियर ५५ वर्षमा भक्तपुरका गणेशमान दुवाल बने।


यस्तै महिला विधा तर्फ नवलपुरकी उज्ज्वनी कँडेल, थलि काठमाडौंका युवा १६ वर्षमा रिदिप सिम्खडा, युवा १४ वर्षमा पोखराका आयुष भण्डारी र युवा १२ वर्षमा पभेलियन चेस एकेडेमीका अग्रिम सैंजु उत्कृष्ट भए।


यसैगरी रेटिङ १८ सय मुनि संखुवासभाका सुनील घिमिरे तथा रेटिङ १६ सय मुनि सर्लाहीका ओम हरि यादव उत्कृष्ट घोषित भएका छन्। 


चौथो संस्करणमा टोखा युथ क्लबले चेसको विकास, नयाँ प्रतिभाको पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएको छ। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै संघसंस्था, खेलाडी, निर्णायक, शुभेच्छुक तथा पत्रकार प्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →