← समाचारमा फर्कनुस्
Other Sports Jun 13, 2025 · Swadesh

प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु

प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु

नेपाल बुद्धिचाल महासङ्घको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा सञ्चालित प्रथम राष्ट्रिय जुनियर नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ। 

बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा बिहीबार पहिलो दिन तिन चरणका खेलहरु सम्पन्न भएका छन् । पुरुष तर्फको स्पर्धा स्ट्यान्डर्ड क्लासिकल ६० मिनेट ३० सेकेन्ड इनक्रिजमेन्ट नौ चरणको खेल हुनेछ ।

युवा पुरुष २० वर्ष मुनिका ११७ जना खेलाडीहरु सहभागी रहेको प्रतिस्पर्धामा १२ जना राष्ट्रिय जुनियर खेलाडीहरुले सत प्रतिशत नतिजा आत्मसाथ गर्दै अग्रस्थानमा रहन सफल भएका छन्।

हिजो भर्खर श्रीलङ्कामा सम्पन्न एसियन जुनियर ब्लिज चेस खेलमा रजत पदक जित्न सफल सीएम पुरुषोत्तम सिलवालले पूर्ण तीन अङ्क जोडेर शीर्ष स्थानमा रहन सफल भएका छन्। 

प्रतियोगिताका उच्च २०८७ रेटेड सिएम पुरुषोत्तम सँगै १९७३ रेटेड रिसोन थापा, १८७९ रेटेड एआईएम अभीक शाह, १७६५ रेटेड आद्यन्त काफ्ले, १७०७ रेटेड सम्यक श्रेष्ठ, १६९९ रेटेड अविन पाण्डे, १६६३ रेटेड सुदिन तुई तुई र १६६२ रेटेड स्वर्णिम दुवाल समान ३ अङ्क जोडेर अगाडि रहेका छन्। 

यसैगरी महिलातर्फ सम्पन्न दुई चरणको खेलमा शीर्ष खेलाडी ईशा गिरीले दुई अङ्क जोडेर प्रतियोगितामा सुखद सुरुवात गरेकी छिन्। 

ईशासँगै विविशा तामाङ, रिया श्रेष्ठ, एन्जल महर्जन र प्रेसियस अधिकारीले सम्मान दुई अङ्क जोडेर संयुक्त रूपमा अगाडि रहन सफल भएका छन्। 

खेल पूर्व प्रतियोगिताका संयोजक दीपक तामाङको सभापतित्वमा मा. योगेश भट्टराईले उद्घाटन गरेका छन् भने महासङ्घका महासचिव धरमबहादुर लामा, प्रमुख निर्णायक निरञ्जन प्रजापतिको उपस्थिति रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →