← समाचारमा फर्कनुस्
Other Sports Jul 22, 2025 · Swadesh

विश्व चेस च्याम्पियनसिपमा विश्व विजयलाई सफलता

विश्व चेस च्याम्पियनसिपमा विश्व विजयलाई सफलता

विश्व बुद्धिचाल महासंघको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गरेका छन्। 

उनले भारतका दिनेश कुमार विरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकालेका छन्।

भारत स्थित गोवाको इन्टरनेशनल सेन्टरमा आरम्भ पहिलो चरणको खेलमा विश्वले कालो गोटी लिएर सिसिलियन  प्रणालीमा प्रतिउत्तर खेल शुरु गरेका थिए। 

स्पर्धाको २१ औं चालसम्म बराबरी अवस्थामा रहेको खेलमा २२ औं चाल पुग्दा विश्वले आक्रमण सुरुवात गरे। 

फल स्वरुप खेलको २७ औं चालमा सिपाही एउटा फाइदा लिए । नेपाली खेलाडीको  लगातार आक्रमणबाट रक्षात्मक अवस्थामा पुगेका भारतका दिनेशले ३२ औं चालमा अर्को ठूलो गल्ती गर्ने पुगे। जसको फाइदा उठाउदै विजयले दिनेशलाई ३८ औं  चालमा खेल त्याग बाध्य बनाए।

स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म संचालन हुने खेलमा विश्व विजय घिमिरे सहित प्रतियोगिताका शिर्षस्थ खेलाडीहरु पोलाण्डका आइएम मर्सिन मोलेण्डा, इजरायलका आईएम आन्द्रेस गोर्वानोभ, आर्मेनियाका एफएम सर्गिस सर्गिस्यान, काजकिस्तान एफएम सेरिक सोल्तानोभ,  रसियाका सेरेब्रियाकोभ सेर्गेइ, भारतका जि एजिलारासिले सफलता हात पार्दै पहिलो १-१ अंक जोडेका छन्।

सत्र राष्ट्रका ९७ जना खेलाडीहरुको सहभागी रहेको प्रतियोगितामा विजेताले १ लाख नब्बे हजार, उप-विजेताले १ लाख ३५ हजार र तेस्रो हुनेले १ लाख नगद पुरस्कार हात पार्ने छन् । प्रतिस्पर्धाका विभिन्न विधामा ४६ जना खेलाडीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।

आईपिसिए विश्व चेस प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक आईए यज्ञप्रसाद पन्त पहिलो पटक नेपालको तर्फबाट निर्णयको भूमिकामा रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →