सुदूरपश्चिम र पुलिस विजयी

विराटनगर, चैत २४
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।
विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३-१ गोलमा पराजित गरेको हो । सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १-१ गोल गरेका थिए । एक मात्र सान्तवना गोल कोसीका लागि बिसु घिमिरेले गरे ।
खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।
त्यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कणर्ाली प्रदेशलाई ७-० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १-१ गोल गरे ।
खेलको म्यान अफ द म्याच पुलिसका भरत खत्री भए ।
पहिलो पटक हक्कीको खेल रात्रीकालीन हँुदैछ । प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलो पटक शुक्रबार बेलुका रात्रीकालीन रुपमा हक्कीको खेल हुनेछ । लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ साबिक विजेता त्रिभुवन आर्मी र पूर्व विजेता गण्डकी प्रदेशबीच रात्रीकालीन खेल हुने उनले बताए ।
संयोजक थापाले नेपालमा पहिलो पटक हक्कीलाई पनि फ्लडलाइट्समूनि गराउन सकिने गरी तयारी गरिएको जानकारी दिए । पहिलो खेल सहज रुपमा हुने अपेक्षा गरेका संयोजक थापाले सोही खेलका आधारमा आगामी खेल पनि रात्रीकालीन गर्न सकिने छ ।
समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बि’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १-१ अंक रहेको छ ।
शनिबार लिग चरणको समिकरण पूरा हुनेछ । पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कणर्ाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |