फिफा महिला विश्वकपमा अन्तर्गत जापान र कोस्टिारिका संगै ३ खेल

अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज ३ खेल हुनेछ। समूह सी का दुई खेल र समूह बी को एक खेल रहेको छ। विहानको १०ः४५ बजे समूह सी को जापान र कोस्टिारिका भिड्ने छ भने दिउँसो १ः१५ बजे स्पेन र जाम्बिया खेल्नेछ। त्यस्तै साझ ५ः४५ बजे तेस्रो खेल समूह बीको क्यानडा र आयरल्याण्ड बिच हुनेछ।
जापानले पहिलो खेलमा जाम्बियालाई ५-० गोलले पराजित गरेको थियो। यता कोस्टारिका भने स्पेनसंग ०-३ गोलले पराजित भएको थियो। जापान दोस्रो जित र कोस्टारिका पहिलो जितको खोजिमा हुनेछ ।
यस्तै आजै दिउँसो १:१५ बजे यही समूहमा स्पेन र जाम्बिया बिच हुनेछ । आजको खेलमा स्पेन विजयी भए राउन्डअफ सिक्सटीनको यात्रा पक्का गर्ने छ । जाम्बिाय भने पहिलो जितको खोजिमा हुने छ ।
यस्तै क्यानडा र आयरल्याण्डको खेल साँझ ५ः४५ बजे हुनेछ । पछिल्लो खेलमा आयरल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो भने क्यानडाले नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |