← समाचारमा फर्कनुस्
Football Aug 24, 2025 · Swadesh

नयाँ घरमा एभरटनको विजयी सुरुआत

नयाँ घरमा एभरटनको विजयी सुरुआत

एभरटनले आफ्नो नयाँ घरेलु मैदान हिल डिकिन्सनमा आइतबार विजयी सुरुआत लिएको छ । इंग्लिस प्रिमियर लिगको खेलमा एभरटनले ब्राइटनलाई २–० ले हराएको हो ।


यसै सिजनदेखि गुडसन पार्क छाडेर एभरटनले हिल डिकिन्सनमा खेल्न थालेको हो । त्यहीं भएको प्रिमियर लिगको पहिलो पहिलो खेलमा इलिमन एनडिएले २३ औं मिनेटमा गोलको खाता खोले ।


त्यसपछि जेम्सन गारनरले ५२ औं मिनेटमा दोस्रो गोल थपे । आइतबारकै अर्को खेलमा क्रिस्टल प्यालेस र नटिङघम फरेस्टले १–१ को बराबरी खेले ।


प्यालेसले ३७ औं मिनेटमा इस्माइल सारको गोलले अग्रता लिएको थियो । तर त्यसलाई कायम भने राख्न सकेन् । फरेस्टका लागि कलम हडसन–ओडोईले ५७ औं मिनेटमा बराबरी गोल फर्काए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →