← समाचारमा फर्कनुस्
चेल्सीलाई हराएर एभरटन अगाडि बढ्दै

एभरटनले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि ३–० को प्रभावशाली जित निकाल्दै आफूले अर्को सिजन युरोपमा खेल्ने टिमको प्रत्यासीका रूपमा पेस गरेको छ । यो जितपछि उसको ४६ अंक भएको छ र यो शीर्ष चारसँग पाँच अंकको दूरी हो ।
खराव लयमा रहेको चेल्सी भने ४८ अंकमै सीमित रहेर छैटौं स्थानमा रह्यो । चेल्सीको यो लगातार चौथो हार हो र यसले टिममाथि चर्को दबाबसिर्जना भएको छ । एभरटनका लागि बेटोले दुई गोल गरे भने इलमन एनडियेले एक गोल थपे ।
अन्य खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले भने फुलहमले बर्नलीलाई ३–१ ले पराजित गर्यो । ब्रेन्टफोर्ड ४६ अंकमा सातौं तथा फुलहम ४४ अंकमा नवौं स्थानमा छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women