← समाचारमा फर्कनुस्
Volleyball Sep 15, 2025 · Swadesh

एभरेस्ट महिला भलिबल : तत्कालै नहुने

एभरेस्ट महिला भलिबल :  तत्कालै नहुने

काठमाडौं, जेन–जीको प्रर्दशनको कारण रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको तत्कालै नहुने भएको छ। 


आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।


पोखरामा भइरहेको लिगका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका थिए। अब बाँकी ७ खेल हालको अंक तालिकाबाट मिति तोकेर आगामी दिनमा निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत (सीइओ) स्नेभी चापागाईंले जानकारी दिइन्। 


उनले भनेकी छन्,‘यी खेलहरू पुनः सुरु गर्ने मिति नेपाल भलिबल संघ, हाम्रा ६ फ्रेन्चाइजी र प्रायोजकसँग मिलेर तय गरिनेछ, जसमा सुरक्षा र उपयुक्ततालाई प्राथमिकता दिइनेछ। नयाँ मिति र व्यवस्थापनबारे जानकारी अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछ।’

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →