← समाचारमा फर्कनुस्
Volleyball Jul 19, 2025 · Swadesh

इडब्लुभिएलको अक्सन सम्पन्न, कुन टिमले कुन खेलाडी लिए ?

इडब्लुभिएलको अक्सन सम्पन्न, कुन टिमले कुन खेलाडी लिए ?

इडब्लुभिएलको अक्सन सम्पन्न, कुन टिमले कुन खेलाडी लिए ?

काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ऐतिहासिक अक्सन सम्पन्न भएको छ।

काठमाडौंमा शुक्रबार सम्पन्न इडब्लुभिएलको अक्सनबाट सहभागी सबै ६ फ्रेन्चाइजीले नेपाली खेलाडी अनुबन्ध गरेका छन्। सहभागी टोलीहरूले अक्सनअघि नै मार्की खेलाडी चयन गरेका छन्।

मधेश युनाइटेडले निरुता ठगुन्ना मार्की खेलाडी चयन गरेको छ भने ए क्याटेगोरीबाट आरती सुवेदी, बी बाट कोपिला राना, सरस्वती कट्टेल र उषा बिष्ट तथा सी बाट बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्नालाई टिममा सामेल गरेको छ।

साविक विजेता कर्णाली यशविसले मार्की खेलाडीका रूपमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ भने ए श्रेणीबाट सफिया पुन, बी बाट रश्मित दुरा, जश्ना महतो र पूजा थारू, सी क्याटेगोरीबाट नेबिका चौधरी, रेबिका लामा तमु र एलिशा भोजुलाई लिएको छ।

पोखरा निन्जाजको मार्की खेलाडीमा प्रगति नाथलाई लिएको छ भने ए क्याटेगोरीबाट पुनम चन्द तथा बी बाट मीना सुनार, सुनिता खत्री र गरिमा बोहरा, सी क्याटेगोरीबाट एन्जिला प्रधान, निशा महर र भावना तामाङलाई लिएको छ।

ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई मार्की खेलाडीका रूपमा निरन्तरता दिएको छ भने ए क्याटेगोरीबाट संगम महतो, बीबाट लक्ष्मी चन्द, सुनिता राई र सलिना बुढामगर, सी क्याटेगोरीबाट निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टिममा सामेल गरेको छ।

काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा उषा भण्डारी मार्की रहेकी छन् भने ए क्याटेगोरीबाट कबिता भट्ट, बीबाट मनिषा चौधरी, यमुना रसाइली र रिमा कुवर तथा सी क्याटेगोरीबाट बाल्मिका आचार्य, कमला पुन र आशिका क्षेत्रीलाई सामेल गरेको छ।

लिगमा डेब्यू गर्न लागेको लुम्बिनी लाभाजले अरुणा शाहीलाई मार्की खेलाडी चयन गरेको छ भने ए क्याटेगोरीबाट कामना विष्ट बी क्याटेगोरीबाट एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा बिक र सी क्याटेगोरीबाट रोमा महतो, रञ्जना भोटो र अनुशा चौधरीलाई चयन गरको छ।

पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो। कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो। दोस्रो संस्करण भदौं २० देखि २८ गते‌सम्म पाेखरामा आयाेजना हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →