← समाचारमा फर्कनुस्
Volleyball Sep 27, 2024 · Swadesh

एभरेष्ट भलिबल खेल्न नेपाल आईपुगिन् ग्याब्रीएल

एभरेष्ट भलिबल खेल्न नेपाल आईपुगिन् ग्याब्रीएल

काठमाडौं । अमेरिकी भलिबल खेलाडी ग्याब्रीएल बेन्डा नेपाल आएकी छिन। उनी यहीँ असोज १४ देखि १९ गतेसम्म हुन लागेको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ खेल्न नेपाल आइपुगेकी हुन्। उनले लिगमा कर्णालीको ‘कर्णाली यश्विज’ टिमलाई प्रतिनिधित्व गर्दैछिन्।

ग्याब्रीएल बेन्डा शुक्रबार नेपाल आईपुगेकी हुन्। आज उनलाई स्वागत गर्न ‘कर्णाली यश्विज’ टिम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो। अमेरिकी खेलाडी ग्याब्रीएललाई केही समय अघिमात्र ‘कर्णाली यश्विज’ले आफ्नो टिममा अनुबन्ध गराएको थियो। कर्णालीमा ‘ट्रफी अनावरण’ सकिएको केही दिनमै यश्विज टिमले ग्याब्रीएललाई अनुबन्ध गराएको खवर सार्वजनिक गरेको थियो। ग्याब्रीएलअघि हिजो मात्र ‘कर्णाली यश्विज’ टिमले अक्री आउटसाइड हिटर टर्किस खेलाडी जेनेप आउटर्यानलाई नेपालमा स्वागत गरेको थियो।

नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ खेल्न आएकी ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हुन्। उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन्। उनले राष्ट्रिय तहको थुप्रै खेलहरु खेलिसकेकी छिन्। आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित ग्याब्रीएलले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अमेरिकाको प्रतिनिधित्व गरिसकेकी छिन्। राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले अन्य थुप्रै अवार्डहरू पनि हात पारिसकेकी छिन्।

आज नेपाल आइपुगेकी ग्याब्रीएलले खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको रमेश कर्पोरेसनले हेर्दै आईरहेको ‘कर्णाली यश्विज’ टिममा आफु जोडिन पाउँदा निकै खुसी लागेको बताइन्। नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफुलाई गर्वान्वित महशुस भएको उनको भनाई थियो।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन गईरहेको ‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदैछ। लिगमा ६ टोलीको सहभागितामा हुनेछ। प्रशिक्षकमा कर्णाली यश्विज टिमबाट भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राई छन्। उनी ‘न्यु डाइमन्ड युथ स्पोट्स क्लब’ को प्रमुख अध्यक्ष समेत हुन्।

कर्णालीको टिम

सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →