TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 27, 2026 · Swadesh

युरोपा लिग अन्तिम १६ को समीकरण पूरा

युरोपा लिग अन्तिम १६ को समीकरण पूरा

नटिङघम फरेस्ट बिहीबार युरोपा लिगको प्ले अफ दोस्रो लेगमा फेनाबाचेसँग २–१ ले पराजित भएको छ । तर पहिलो लेगमा प्राप्त ३–० जितको आधारमा समग्रमा ४–२ ले अगाडि रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो ।


सेल्टिक भने उत्तिकै भाग्यमानी रहेन् । स्टुटगार्ट सेल्टिकसँग १–० ले पराजित भएता पनि समग्रमा ४–२ ले अगाडि रहेर अर्को चरण पुग्यो । बिहीबारका खेलपछि युरोपा लिगको अन्तिम १६ मा पुग्न सबै टिमको टुंगो लागेको छ ।



त्यस अनुसार प्ले अफबाट अन्तिम १६ पुग्न सफल अन्य टिममा बोलोग्ना, सेल्टा भिगो, फेरेन्कभारोस, जेन्क, लिल र प्यानाथिनाइकोज रहेका छन् ।


यसअघि नै लिग चरणको समाप्तीमा शीर्ष आठमा रहेर लियोन, एस्टन भिल्ला, मिडट्जल्यान्ड, रिेयल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा अन्तिम १६ मा पुगिसकेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →