← समाचारमा फर्कनुस्
Football Aug 28, 2025 · Swadesh

इत्तिहादको पहिलो जित

इत्तिहादको पहिलो जित

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित इत्तिहाद क्लबले एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पहिलो जित दर्ता गरेकाे छ।


हाङ जेबात रंगशाला बिहीबार सम्पन्न समूह ‘सी’ को दोस्रो खेलमा सड्युशोर एसआई–एसिया गोललाई ३-१ ले पराजित गरेको हो। योसँगै इत्तिहादले २ खेलबाट ३ अंक जोडेको छ।


पहिलो खेलमा इत्तिहाद लायन सिटीसँग २-० ले पराजित भएको थियो। एसिया गोलले भने पहिलो खेलमा केलाना युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो।    


इत्तिहादको जितमा युजेनिया टेटेहले २ र सिडालिया कुटाले १ गोल गरिन्। एसिया गोलका लागि एक मात्रै गोल बाक्तिगुल टोक्तोबोलोटोभाले गरेकी हुन्।


इत्तिहादले ४७औं मिनेटमा कुटाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। ५८ र ६५औं मिनेटमा टेटेहले लगातार गोल गर्दै खेल ३-० मा पुर्‍याइन्।


७१औं मिनेटमा बाक्तिगुलले गोल गर्दै एसिया गोललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। अब इत्तिहादले समूह चरणको अन्तिम खेल आइतबार केलानासँग खेल्नेछ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →