← समाचारमा फर्कनुस्
प्रीति राईसम्मिलित इत्तिहाद र केलाना युनाईटेड खेल्दै

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित इत्तिहाद क्लबले एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा आज केलाना युनाईटेड संग खेल्दैछ।
हाङ जेबात रंगशाला हुने यस खेल नेपाली समय अनुसार ६ः३० बजे सुरू हुनेछ।
समूह ‘सी’ को पहिलो खेलमा लायन सिटीसँग २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा सड्युशोर एसआई–एसिया गोललाई ३-१ गोलले पराजित गरेको थियो।
केलाना युनाइटेड एसिया गोल सँग पहिलो खेलमा गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा लायन सिटीसँग ३-१ गोलले पराजित भएको थियो।
इत्तिहादले दुई खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने केलाना युनाइटेड दुई खेलमा १ अंक जोड्दै तेस्रो स्थानमा रहेकोछ। लायन सिटी ६ अंक जोड्दै पहिलो स्थानमा रहेको छ । सड्युशोर एसआई–एसिया गोल भने १ अंक सहित पुछारमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |