← समाचारमा फर्कनुस्
Football Aug 30, 2025 · Swadesh

तीन वरिष्ठ सदस्यलाई आरसीटीको सम्मान

तीन वरिष्ठ सदस्यलाई आरसीटीको सम्मान

काठमाडौं– अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्ना तीन विशिष्ट सदस्यलाई सम्मान गरेको छ । क्लबको २० औं साधारण सभाका अवसरमा क्लबसँगै नेपाली फुटबलमा पुर्‍याउने भएको योगदानका लागि ज्ञानेन्द्ररत्न तुलाधर, सर्वज्ञरत्न तुलाधर र पूर्व राष्ट्रिय खेलाडी नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरेको हो ।


छ पल्टको सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेता आरसीटीले आफ्ना वरिष्ठ सदस्यलाई बर्सेनि सम्मान गदै आएको छ । साधारण सभामा प्रगति विवरण तथा आगामी कार्यक्रम प्रस्तुत गर्दै क्लब अध्यक्ष राजेश श्रेष्ठले अबको दिनमा अन्नपूर्ण आरसीटी अझ बलियो र शसक्त भएर प्रस्तुत हुने बताए । यस्तै क्लब कोषाध्यक्ष नरेश बैद्यले आर्थिक विवरण पेस गरे । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →