← समाचारमा फर्कनुस्
Football Sep 16, 2025 · Swadesh

लय समाट्दै इस्पनयोल तेस्रो स्थानमा

लय समाट्दै इस्पनयोल तेस्रो स्थानमा

नयाँ सिजन आफ्नो अपराजित यात्रा कायम राख्दै इस्पनयोलले सोमबार स्पेनी ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । उसले रियल मार्लोकालाई ३–२ ले पराजित गरेको हो । यो जितपछि मार्लोकाको चार खेलबाट १० अंक भएको छ । उसको अगाडि रियल म्याड्रिड र बार्सिलोना मात्रै छ ।

 

मार्लोका भने एकै अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमा रह्यो । दस खेलाडीमा सीमित इस्पनयोलका लागि केकेले ८१ औं मिनेटमा निर्णायक गोल गरे । यो पेनाल्टीबाट सम्भव गोल थियो । त्यस अगाडि इस्पनयोलका लागि पेरे मिलाले २० र राउल फर्नान्डेजले ३४ औं मिनेटमा गोल गरे ।


पहिलो हाफको अन्त्यतिर मिला रातो कार्डमा खाए र टिम दस खेलाडीमा सीमित रह्यो । त्यसपछि मार्लोकाका लागि भेडाट मुरिकीले ४५ र ६५ औं मिनेट दुई गोल फर्काए । उनको पहिलो गोल पनि पेनाल्टीबाटै सम्भव भएको थियो । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला किकेले निर्णायक गोल गरेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →