← समाचारमा फर्कनुस्

रजत विजेता एरिका र प्रशिक्षक कुशललाई एसएस फाउन्डेसनको नगदसहित सम्मान

काठमाडौं। एसएस फाउन्डेसनले १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरूङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ। फाउन्डेसनले घट्टेकुलो सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीसँगको सहकार्यमा नगद जनही ३१ हजार रूपैयाँले सोमबार सम्मान गरेको हो।

दुवैलाई राष्ट्रिय प्रजातान्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले सम्मानपत्र हस्तान्तरण गरे। नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले नगद हस्तान्तरण गरेका थिए। फाउन्डेसनका संरक्षक शोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले नेपालको इज्जत बढाएको सम्मान गरिएको बताए। कार्यक्रममा दोलखाली पत्रकार समाजको अध्यक्षमा निर्वाचित भएका ज्ञानेन्द्र कार्कीलाई बधाई तथा सम्मान गरिएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |