← समाचारमा फर्कनुस्
Other Sports Aug 23, 2024 · Swadesh

एरिका राइट पाथको ब्रान्ड एम्बासडर

एरिका राइट पाथको ब्रान्ड एम्बासडर

राइट पाथ कन्सल्टेन्सी ग्रुप प्रा.लि. ले १९ औं एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङलाई शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


सम्झौता अनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, प्रशिक्षणलगायतमा सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी गराए । एरिकाले राइट पाथको प्रवद्र्धनमा सहयोग गर्ने छिन् । त्रिपुरेश्वरस्थित कराते महासंघको कार्यालयमा भएको सम्झौता तत्काललाई १ वर्षसम्म कायम रहने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →