TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 22, 2026 · Swadesh

इजिप्टले आत्मसात् गर्‍यो पहिलो विश्वकप जित

इजिप्टले आत्मसात् गर्‍यो पहिलो विश्वकप जित

इजिप्टले विश्वकप इतिहासमै आइतबार आफ्नो एतिहासिक जित हात पारेको छ । अफ्रिकी फुटबलको सबैभन्दा सफल टिमले विश्वकपमा पहिलो जितका लागि न्युजिल्यान्डलाई हराएको हो । इजिप्टले विश्वकप २०२६ को समूह जी को खेलमा उत्कृष्ट पुर्नआगमन रच्दै न्युजिल्यान्डलाई भ्यान्कुभरको बीसी प्यालेसमा ३–१ ले पराजित गरेको हो ।

इजिप्टले विश्वकपको एकै खेलमा तीन गोल गरेको पनि यो पहिलो पटक हो । यो जितपछि इजिप्ट समूहको शीर्ष स्थानमा उक्लेको छ । इजिप्टको दुई खेलबाट चार अंक भएको छ । न्युजिल्यान्ड भने एक अंकमा सीमित रह्यो र सबैभन्दा पुछारमा रह्यो । इरान र बेल्जियम दुई दुई अंकमा रहेका छन् । इजिप्टले अब इरानसँग खेल्नेछ भने न्युजिल्यान्ड बेल्जियमविरुद्ध भिड्ने छ ।

यो जितले इजिप्टको नकआउट प्रवेशको सम्भावना बलियो भएको छ । न्युजिल्यान्डले खेलको १५ औं मिनेटमा फिन समनको गोलले अग्रता लिएको थियो र उनले टिम पाउनको कर्नरमा प्राप्त बललाई हेड गर्दै गोल गरेका हुन् । मोस्टफा जिकोले खेलको ५८ औं मिनेटमा नजिकको दूरीबाट शक्तिशाली हेड गर्दै खेल बराबरीमा ल्याए ।

मोहमद सलाहले ६७ औं मिनेटमा पेनाल्टी एरियामा प्राप्त बलमा गोल गरे र इजिप्ट पहिलो पटक खेलमा अगाडि रह्यो । खेलको ८२ औं मिनेटमा सब्टिच्युट ट्रेज्ग्वेटले डाइभिङ हेडरको मदतले उत्कृष्ट गोल गरे र इजिप्टको जित निश्चित गरे । हारले न्युजिल्यान्डको विश्वकपमै पहिलो ऐतिहासिक जित निकाल्ने सपना अझै पनि अधुरै रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group J
1 Argentina 1 3
2 Austria 1 3
3 Jordan 1 0
4 Algeria 1 0
सबै समूह →