TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Feb 20, 2026 · Swadesh

हिमालयन डुओ चेसको दोस्रो संस्करण शनिबार हुने

हिमालयन डुओ चेसको दोस्रो संस्करण शनिबार हुने

काठमाडौं । २०८२ साल फागुन ७ गते विहीबार


हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ । भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा हुने एक दिने प्रतियोगिता ‘बगहाउस फम्र्याट’ मा सञ्चालन गरिनेछ ।


आयोजक हिमालयन चेस एकेडेमीका अनुसार प्रत्येक टिममा दुई खेलाडी हुनेछन्, जसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ । दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन । तर, दुवै खेलाडी अनरेटेड भने हुनसक्नेछ । प्रतियोगिता स्वीस प्रणालीको आधारमा पाँच राउन्ड खेलाइनेछ । र, प्रत्येक राउन्ड पाँच मिनेटको हुनेछ ।


टिम निर्माणमा परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी, छिमेकीलाई संलग्न गर्नुपर्ने बताइएको छ । कुल १५ हजार रुपिया पुरस्कारको हिमालयन डुओमा उपाधि जित्ने टिमले ट्रफी, मेडलसँगै नगद सात हजार पाउनेछ । उपविजेताले पाँच हजार र तेस्रो हुने टिमले तीन हजार हात पार्नेछन् ।


गत वर्ष आयोजित हिमालयन डुओको पहिलो संस्करणमा सुजन काफ्ले र सविन खतिवडाको टिम नाइटमेर कजिन्स च्याम्पियन भएको थियो । अनमोल राई र प्रवीर केसीको गोथ नाइट्स उपविजेता भएको थियो भने लियोन महर्जन र शुभ तुल्स्यानको टिम नाइट्स ग्याम्बिट तेस्रो स्थानमा रहेको थियो । एकेडेमीको थापाथलीस्थित आफ्नै हलमा आयोजित प्रतियोगितामा १७ टिम सहभािग थिए ।


एकेडेमी भक्तपुर शाखा रहेको योङ लर्नस् (रिडर्स हवसँगै रहेको) मा दोस्रो संस्करण आयोजना गर्न लागिएको हो । २०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १३ औं प्रतियोगिता पनि हो– हिमालयन डुओको दोस्रो संस्करण । उसले यसअघि ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १२ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →