← समाचारमा फर्कनुस्
Top Headlines Jun 19, 2023 · Shishir

जर्मनमा सिद्धार्थले जिते दोहोरो स्वर्ण

जर्मनमा सिद्धार्थले जिते दोहोरो स्वर्ण

काठमाडौं – सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन्।

सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन्।

जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभी ब्ल्याकवेल्ट स्पर्धामा जिते। जर्मनीका इभा मुगले रजत तथा स्विट्जरल्यान्डका लिएस रिमरले कांस्य जिते।

सिद्धार्थले अर्को स्वर्ण चाइनिज फर्म स्पर्धामा जितेका छन्। अस्ट्रियाका जान मुग दोश्रो तथा जर्मनीका मालीबु तेश्रो भए।

उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेका छन्। उनी अस्ट्रियामा मुख्यालय रहेका वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) का एसियाली निर्देशक पनि हुन्।

प्रतियोगितामा नेपालसहित फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, अमेरिका, चेक रिपब्लिक, इरान, बेल्जियम र जर्मनी गरी ९ राष्ट्रका करिब १ हजार १ सय खेलाडीको सहभागिता रहेको उमा कुङफु संघले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →