डर्टमुण्डसंग युनाईटेड पराजित

क्लब मैत्रीपूर्ण खेलमा बोरूसिया डर्टमुण्डले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ । अमेरिका प्रि–सिजन टूरमा रहेका दुवै टोले सोमबार बिहान भएको खेलमा डर्टमुण्डले युनाईटेडलाई ३-२ गोलले पराजित गरेको हो ।
डर्टमुण्डका लागी डोनयल मालेनले दुई गोल र एक गोल यौसौफा मौकोकोले गरेको थियो। युनाईटेडका लागी डियोगो डालटले र एनटोनीले समान एक एक गोल गरोको थियो।
पहिलो गोल खेलको २४ औं मिनेटमा डालटले डोनी भान डी बेकको पासमा डि-बक्स बाहिरबाट प्रहार गर्दै उत्कृष्ट गोल गरेको थियो।

त्यस्तै खेलको ४३ औं मिनेटमा डर्टमुण्डका डोनयल मालेनले करिम अडियमीको पासमा बराबरी गोल गरेको थियो। बराबरी गोल गरेको एक मिनटमा नै डोनयल मालेनले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुण्डलाई अग्रता दिलाए। डिफेन्डरको मिस पास गरेपछि मार्सेलको पासमा गोल गरेको थियो।
दोस्रो हाफको ५२ औं मिनेटमा युनाईटेडका डोनी भान डी बेकको पासमा एनटोनीले गोल फर्काए र २-२ को बराबरीको नतिजा दिलाए।
खेलको ७१ औं मिनेटमा यौसौफा मौकोकोले मार्को रियुसको पीसमा गोल गर्दै डर्टमुण्डलाई अग्रता दिलाए र त्यपछि कुनै पनि गोल नहुदा डर्टमुण्डले ३-२ गोलले जित हात पारे।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |