← समाचारमा फर्कनुस्
Other Sports Jul 12, 2025 · Swadesh

सेमिफाइनलमै रोकिए जोकोभिच

सेमिफाइनलमै रोकिए जोकोभिच

विम्बल्डन २०२५ को पुरुष एकलको फाइनल समीकरण पनि तयार भएको छ । अब आइतबार हुने उपाधि भिडन्तमा उत्रने छन्, यानिक सिनर र कार्लोस अल्कारेज । सिनरले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नोभाक जोकोभिचलाई सजिलै ६–३, ६–३ र ६–४ ले हराए ।

 यो यस्तो नतिजा रह्यो, जसले प्रस्ट पारेको छ, अब जोकोभिच त्यस्तो खेलाडी पक्कै रहेनन्, जस्तो उनी यसअघि थिए । सम्भवतः अब बढ्दो उमेरका कारण उनको कीर्तिमान ग्रान्ड स्लाम जित्ने अभियान पूरा हुने छैन् । साँच्चै त्यो पूरा हुने हो भने जोकोभिचले अद्धितीय खेल प्रदर्शन गर्नु पर्नेछ ।

सेमिफाइनलमा जोकोभिच जसरी रोकिए, त्यसले देखाएको छ, उनको खेलमा अब धेरै कमजोरी हुन थालेका छन् । पहिलो सेमिफाइनलमा भने अल्कारेजले टेलर फ्रिट्जलाई ६–४, ५–७, ६–३ र ७–६ (८/६) ले पराजित गरे । अबको केही वर्ष सम्भवतः विश्व टेनिसमा उच्च प्रदर्शनका लागि सिनर र अल्कारेजबीच प्रतिस्पर्धा चल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →