← समाचारमा फर्कनुस्
Top Headlines Jun 22, 2023 · Shishir

ढुक्क भएर तयारीमा जुट्नुस– सदस्य–सचिव

ढुक्क भएर तयारीमा जुट्नुस– सदस्य–सचिव

काठमाडौं, असार ६ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रीत हुन बताएका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो, कराते र कुस्तीको बुधबार तयारी प्रशिक्षण अवलोकन गर्ने क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘तपाईहरु ढुक्क भएर तालिममा केन्द्रीत हुनुस । अन्य समस्याका बारेमा तपाईहरुले चिन्ता लिनु पर्दैन । समस्या समाधान गर्न हामी छौं ।’ सदस्य–सचिव घिसिङले भने ।

प्रशिक्षण अवलोकनका क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका विषयमा जानकारी लिएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →