← समाचारमा फर्कनुस्
Volleyball May 08, 2024 · Swadesh

राष्ट्रिय भलिबल खेलाडी धिरोजले जिते मिस्टर सुपरनेस्नल नेपालको उपाधि

राष्ट्रिय भलिबल खेलाडी धिरोजले जिते मिस्टर सुपरनेस्नल नेपालको उपाधि

नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज काजी बस्नेतले ब्युटि प्रजेन्ट अन्तर्गत मिस्टर सुपरनेस्नल नेपाल २०२४ को उपाधि जितेका छन्।

धिरोजले बैशाख १९ गते भएको प्रतियोगितामा मिस्टर सुपरनेस्नल नेपालको उपाधि जितेका हुन्। यो संगै उनले जुनमा पोल्यान्डमा हुने मिस्टर सुपरनेस्नल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नेछन्। त्यसका लागि उनि जुन २२ मा त्यसतर्फ प्रथान गर्नेछन्।

यसअघि उनले ब्युटि प्रजेन्ट अन्तर्गतकै मिस्टर नेपाल नेसन्स २०२३ को पनि उपाधि जितेका थिए।

धिरोज नेपालि राष्ट्रिय भलिबल खेलाडी हुन्। सन् २०२३ चीनमा भएको एशियन्स गेम्समा बहराइनविरुद्ध डेब्यु गरेका थिए। त्यसतै त्यसपछि भएको काभा भलिबल प्रतियोगितामा पनि नेपालबाट खेलिसकेका छन्।

साथै उनले सन् २०२२ मा नेपालि राष्ट्रिय यू-२३ टोलिका कप्तान समेत गरि सकेका छन्। बांगलादेशमा भएको उक्त काभामा धिरोजले टोलिको नेत्रित्व गरेका थिए।Ed

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →