← समाचारमा फर्कनुस्
Other Sports Jan 22, 2025 · Swadesh

एनकेएलमा धनगढीको पहिलो जित

एनकेएलमा धनगढीको पहिलो जित

काठमाडौं। धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई हराउँदै नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न खेलमा धनगढी ३८–३३ ले विजयी भएको हो। 

धनगढीले जित हात पार्नेक्रममा रेडबाट १७, ट्याकलबाट १४, दुई अलआउटबाट चार र बोनसबाट ३ पोइन्ट जोड्यो। पोखराले भने रेडबाट १५, ट्याकलबाट ११, एक अलआउटबाट दुई र बोनसबाट पाँच अंक मात्रै बटुल्न सक्यो। 

योसँगै धनगढी पाँच अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। धनगढीले तीन खेलबाट ६ अंक पुर्‍याएको छ। समान खेल खेलेको पोखरा तीन अंकसहित अंक तालिकाको पुछारमा छ। ६ टोली सहभागी प्रतियोगितामा जितविहीन रहने टोली पोखरामात्रै हो। 

पहिलो हाफमै धनगढीले २३–१२ को फराकिलो अग्रता लिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →