अन्ततः डेम्बेलेले जिते बेलन डे’अर

कुनै समय मानिएको थियो, ओसमन डेम्बेलेको फुटबल खेल जीवन अब धेरै लामो चल्ने छैन् । उनी अनुशासनको कारवाहीमा परेका थिए । तर सुध्रिएका तिनै डेम्बेलेले सोमबार पेरिसमा आयोजित विशेष कार्यक्रममा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बेलन डे’अर जितेका छन् ।
उनको गतिलो योगदानकै कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो । पीएसजीले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको पनि यो पहिलो पटक नै हो । यस्तै पीएसजीले फ्रान्सेली लिग र कप दुवै उपाधि पनि जितेको थियो ।
च्याम्पियन्स लिगको फाइनलमा भने पीएसजीले इन्टर मिलानलाई ५–० ले हराएको थियो । पीएसजी प्रशिक्षक लुइस एनरिकेले डेम्बेलेलाई अनुशासनको कारवाही गरेपछि सम्हालिएका २८ वर्षीय डेम्बेलेले पछि नम्बर ९ खेलाडीको भूमिका बलियोसँग निभाएका थिए ।
महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन् । स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर बोनमटी यो अवार्ड लगातार तीन पल्ट जित्ने पहिलो खेलाडी पनि भएकी छिन् । वुमेन्स युरो २०२५ मा स्पेन उप–विजेता हुँदा बोनमटी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |