← समाचारमा फर्कनुस्
Other Sports Sep 18, 2024 · Swadesh

दशरथ रंगशालामा एसिया रग्बी हुने

दशरथ रंगशालामा एसिया रग्बी हुने

काठमाडौं । आगामी असोजको तेस्रो साता काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएको छ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा एसिया रग्बीको ठूलो प्रतियोगिता हुन लागेको हो। यसअघि नेपाल रग्बी संघले यसअघि सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु–२० सेभेन्सको आयोजना गरिसकेको छ।

नेपाल रग्बी संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार पत्रकार सम्मेलन गर्दै एसिया रग्बी सेभेन्स ट्रफीको बारेमा जानकारी दिएको हो। यसपल्ट एसिया रग्बी सेभेन्स ट्रफीका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

ट्रफीमा पुरुषतर्फ १४ र महिलामा आठ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यसअघि १८ देशले नेपालमा हुने एसियाली रग्बीको आयोजनामा चुनौती प्रस्तुत गर्ने पक्का भए पनि अन्तिम समयमा भिसा प्राप्त गर्न नसक्दा इरान सहभागी नहुने भएको छ। यद्यपि, ट्रफीमा विभिन्न देशका गरी कुल ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। दुवै तर्फत विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउनेछन्।

रग्बी संघका महासचिव गोविन्दबहादुर घिमिरेले यो प्रतियोगिता ओलम्पिक छनोटको माध्यमसमेत रहेको उल्लेख गरे। साथै उनले एसियन गेम्स खेल्न एसिया रग्बी सेभेन्स खेल्नै पर्ने प्रावधान रहेको बताएका छन्। संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्टलाई नियुक्त गरेको थियो। मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण र पोखरामा बन्द प्रशिक्षण गरी पछिल्लो दुई महिनादेखि तयारी गरिरहेको संघका महासचिव घिमिरेले जानकारी दिए।

यसै प्रतिस्पर्धाका लागि नेपालका दुवै टोलीतर्फ १६ सदस्यीय खेलाडी घोषणा भैसकेको छ। नेपालले यस प्रतियोगितामा बल च्याम्पियनसिपको उपाधिसँगै एसियाली वरीयतामा पनि सुधार गर्ने लक्ष्य राखेको छ। यसअघि एसिया रग्बीका खेल दशरथ रंगशालामा आयोजना नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन भएको चर्चा चलेको थियो। यद्यपि, पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवकोटाले यसअघि गलत सूचना पुगेको र अहिले नेपाल रग्बी संघसहित खेलाडीसँगको भेटपछि प्रधानमन्त्री सकरात्मक रहेको बताए।

उनले विश्वकप फुटबल नै हुने मैदानमा रग्बीको विश्वकपलगायत अन्य प्रतियोगिता हुने गरेको प्रष्ट्याएका छन्। प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड २० लाख रुपैयाँ रहेको नेपाल रग्बी संघले जानकारी दियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →