← समाचारमा फर्कनुस्
Other Sports Aug 11, 2025 · Swadesh

डी.ए.भी. फेस्ट २०२५ भव्य समारोहका साथ उद्घाटन

डी.ए.भी. फेस्ट २०२५  भव्य समारोहका साथ उद्घाटन

ललितपुरको भानिमण्डलस्थित डी.ए.भी. कलेजमा आज (अगस्ट ११) डी.ए.भी. फेस्ट २०२५  (D.A.V. Fest – 2025) भव्य समारोहका साथ उद्घाटन गरिएको छ। “एकतामा शक्ति” (Together & Stronger) भन्ने मूल नारासहित सुरु भएको फेस्टमा शैक्षिक, खेलकुद र सांस्कृतिक क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूको सम्माननीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता डी.ए.भी. कलेजका अध्यक्ष श्री अनिल केडियाले गर्नुभयो। मुख्य शैक्षिक सल्लाहकार एसोसिएट प्रोफेसर डा. मनोजकुमार चौधरीको विशेष भूमिकामा सम्पन्न उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका सह–डिन प्रा. डा. दिलीप पराजुली प्रमुख अतिथि रहनुभयो।

विशिष्ट अतिथिहरूमा ललितपुर वाणिज्य तथा उद्योग संघका अध्यक्ष श्री बिशो राज बज्राचार्य र ललितपुर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री सन्तोष खड्का रहनुभयो। खेलकुद क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू पूर्व नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान श्री बिनोद दास र नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी श्री भरत खवास पनि कार्यक्रममा विशिष्ट अतिथिहरूमा सहभागी भएका थिए।

त्यसैगरी पूर्व सह–डिन (व्यवस्थापन संकाय) श्री दिनेश मणि घिमिरे,  डी.ए.भी. कलेजका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।

यस वर्षको फेस्टमा फुटबल, क्रिकेट, स्टक पिचिङ (Share Trading), Free Style Speech, ई–स्पोर्ट (PUBG), चित्रकला, कविता वाचन, मिस्टर तथा मिस डी.ए.भी., वाद–विवाद प्रतियोगिता लगायतका खेलकुद तथा सिर्जनात्मक गतिविधिहरू समावेश गरिएका छन्। यी प्रतियोगिताहरूले सहभागीहरूमा शारीरिक कौशल, सिर्जनात्मक सोच र समूह भावना प्रवर्द्धन गर्ने उद्देश्य राखेका छन्।

सम्पूर्ण अतिथि हरु ले आफ्नो  मन्त्यब्यमा एकता, खेलकुद भावना र समग्र व्यक्तित्व विकासको महत्त्वबारे जोड दिनुभयो। उद्घाटन दिवस रिबन काट्ने कार्यक्रम, औपचारिक बल हस्तान्तरण तथा सामूहिक तस्बिरसहित सम्पन्न भयो।

फेस्टले आगामी दिनहरूमा प्रतिस्पर्धात्मक उत्साह, प्रेरणादायी प्रस्तुति र अविस्मरणीय एकताको क्षणहरू प्रदान गर्ने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →