← समाचारमा फर्कनुस्
Other Sports Nov 25, 2023 · Nepalsports

अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता सुरु

अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता सुरु

चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ ।

‘साझा समृद्धिका लागि दौड’ भन्ने नाराका आयोजित प्रतियोगिताअन्तर्गत सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार समूहमा प्रतिस्पर्धा आयोजना भएको छ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गरेका छन् ।

दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ । 

सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् । 

यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला तथा पुरुषले जनही रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् ।

 यसैगरी, उपविजेताले रु एक लाख आठ हजार, तृतीयले रु ५४ हजार र चौथोदेखि सातौँसम्मको रु १८ हजार र दशौँसम्मका धावकले रु नौ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →