
काठमाडौं। काठमाडौं गुर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुआत गरेको।
त्रिवि क्रिकेट रंगशालामा सोमबार भएको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता जनकपुर वोल्टसाई ५ विकेटले पराजित गरेको हो।
जनकपुरले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौंका लागि आकाश त्रिपाठी र बेन चार्ल्सवर्थको विशाल साझेदारीसँगै गरे। बेनले सर्वाधिक ४६ रन बनाए। २३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। आकाशले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए। मिलिन्दा कुमार १९ र भीम सार्की ३ रनमा आउट भए।
किशोर महतो, ललितनारायण राजवंशी, जोन निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमुर्तिले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो।
ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाए। उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्।
उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो। तर,मयन यादवले बलमा रनको इनिङ्स खेल्दै जनकपुरलाई उकासे।
काठमान्डौंका मिलन्दाले सर्वाधिक ३ विकेट लिएर ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। शहाब आलम र सन्तोष यादवले समान एक विकेट थपे।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]