
नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को मंगलबार दोस्रो दिनको पहिलो खेलमा उत्रने एउटा टिम रहेको छ, चितवन राइनोज । उसले कर्णाली याक्सको सामना गर्दैछ । गत सिजन चितवनले प्ले–अफको यात्रा तय गरेर सबैलाई आश्चर्यजमा पारेको थियो, किनभने कम्तीमा टिमबाट यस्तो अपेक्षा थिएन् । बरु उल्टै चर्को आलोचना गरिएको थियो, खराव टिम भयो भनेर ।
तर चितवन पहिलो इलिमिनेटर भन्दा माथि पुग्न सकेन् । चिटवनले यसपल्ट सिजन–टुका लागि तयार पारिएको टिम भने फरक छ । अझ यसलाई उपाधिकै दावेदार जस्तो मान्न सकिन्छ । यस्तोमा प्रश्न हो, के यो टिमले फेरि एकपल्ट प्ले–अफ पुग्ने उपलब्धी दोहराउन सक्छ त ? गत सिजन टिमका दुई खेलाडी थिए, अनुभवी र भेट्रान रवि वोपारा र सोहेल तनवीर ।
उनीहरूले नै उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई लिग चरणको समाप्तीमा शीर्ष चारमा राखेका थिए । यसपल्टको टिमका दुई प्रमुख खेलाडी हुनेछन्, देव खनाल र अर्जुन साउद । देव गत सिजन कर्णाली याक्समा थिए, उनले अपेक्षा अनुसार खेल्नै सकेनन् । अर्जुन पनि लुम्बिनी लायन्सबाट आएका हुन् । लुम्बिनी त त्यो सिजन सबैभन्दा खराव टिम थियो, त्यसैले अर्जुनको खेल पनि राम्रो रहेको थिएन् ।
यसपल्ट दुवैले नयाँ टिम पाएका छन् र आफूलाई स्थापित गर्ने उनीहरूलाई चुनौती हुनेछ । यति भन्दा भन्दै चितवन साँच्चे बलियो भएको भनेको इंग्लिस ब्याटर डेविड मलान आएपछि हो । अनि सैफ जैब पनि । सँगै वोपारा र तनवीर त हुने नै छन् । चितवन टिमका प्रशिक्षक हुन्, कलाम अलि । सम्भवतः उनी पूरा प्रतियोगिताकै सबैभन्दा लो–प्रोफाइल प्रशिक्षक हुन्, तर उनको योग्यतामा कसलाई शंका हुन सक्छ र ? गत सिजन उनी चिवतनकै सहायक प्रशिक्षक थिए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]