काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टाेलीका लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ -क्यान_ को केन्द्रीय सम्झौतामा नरहने भएका छन्।
उनले बुधबार सामाजिक सञ्जाल फेस्बुकमा उक्त जानकारी दिएका हुन्। ‘धेरै सोचविचार पछि मैले यस पटकको लागि क्यान केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन, यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ उनले लेखेका छन्।
क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो। सन्दीप ‘ए’ ग्रेडमा थिए। उनले मासिक एक लाख रुपैयाँ पाउँदै आएका थिए।
यस निर्णयपछि आफू खेलिरहने उनले बताएका छन्। ‘म अझै पनि नेपालका लागि खेलिरहनेछु। सधैंझैं उही जोश, उही समर्पणका साथ। नेपालको जर्सी लगाउनु मेरो लागि सधैं गर्वको कुरा हो र यो जिम्मेवारी सधैं मेरो हृदयमा रहनेछ,’ उनले लेखेका छन्।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]