← समाचारमा फर्कनुस्
घानामाथिको सांघुरो जितपछि कोलम्बिया अर्को चरणमा

जोन एरिसको एक मात्र गोलको मदतले कोलम्बियाले विश्वकप २०२६ मा शनिबार घानामाथि १–० को सांघुरो जित रच्दै प्रतियोगिताको अन्तिम १६ को चरणको टिकट काटेको छ । यस खेलसँग अन्तिम ३२ का सबै खेल टुंगिएका छन् ।
कोलम्बिया अर्को चरण पुग्ने अन्तिम टिम रह्यो । कानसास सिटीमा भएको खेलमा कोलम्बियाका लागि निर्णाइक गोल एरिसले १४ औं मिनेटमा गरे । लुइस स्वारेजले निकालेको क्रसमा अनमार्क रहेका एरिसलाई गोल गर्न केही गाह्रो भएन् ।
पूरा खेल अवधिमा कोलम्बिया हाबी रह्यो, त्यसैले उनको जित पनि स्वभाविक रह्यो । अब अन्तिम १६ को चरणमा कोलम्बियाले स्विटजरल्यान्डको सामना गर्ने छ । हारपछि घाना अब घर फर्किनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |